नियम ९क
अनुमति प्राप्त नगरेसम्म निर्धारण गराउनु नपर्ने
नियम ७ मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐन प्रारम्भ हुनु अघिदेखि विद्युत वितरण गरिरहेको व्यक्ति वा संगठित संस्थाले ऐनको दफा ४ को उपदफा (३) बमोजिम अनुमतिपत्र प्राप्त नगरेसम्म ग्राहकबाट लिइने विद्युत महसुल वा अन्य दस्तुरमा परिवर्तन गर्न आयोगबाट निर्धारण गराउनु पर्ने छैन ।